साम्राज्ञी र अनमोल बीचकाे प्रतिस्पर्धा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Aug 18, 2017

साम्राज्ञी र अनमोल बीचकाे प्रतिस्पर्धा


ड्रिम्सपछि अनमोलले गाजलुमा अभिनय गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् भने साम्राज्ञीले ड्रिम्सपछि अभिनय गरेका कुनै पनि चलचित्र प्रदर्शन भएका छैनन् । साम्राज्ञीका ए मेरो हजुर–२ सहित तीनवटा चलचित्र प्रदर्शनका लागि तयार छन् । चलचित्र क्षेत्रमा अभिनेता अनमोल केसी तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको तुलनासमेत भैरहेको हुन्छ । चलचित्र ड्रिम्समार्फत एकसाथ रजतपटमा पदार्पण गरेकाले पनि उनीहरूबीच थाहा नपाउने शैलीको प्रतिस्पर्धा चलिरहेको छ ।
यतिबेला अनमोल र साम्राज्ञीमध्ये सामाजिक सञ्जालमा कसका प्रशंसक बढी छन् भन्ने प्रतिस्पर्धा समेत चलेको छ । इन्स्टाग्राममा साम्राज्ञीले अनमोललाई पछि पारेकी छिन् भने फेसबुकमा अनमोलले साम्राज्ञीलाई पछि पारेका छन् । इन्स्टाग्राममा अनमोललाई १ लाख ३६ हजारले फलो गरेका छन् भने साम्राज्ञीलाई १ लाख ७५ हजारले फलो गरेका छन् । उक्त फेसबुकमा अनमोलका प्रशंसकको संख्या ३ लाख ७ हजार छ भने साम्राज्ञीका प्रशंसकको संख्या २ लाख पुगेकाे छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here