सरकारले चीनलाई गैंडा उपहारमा दिने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 28, 2018

सरकारले चीनलाई गैंडा उपहारमा दिने



सरकारले चीनलाई उपहारमा दिने गैंडा समात्न सुरू भएको छ । शनिबार चितवन निकुञ्जको पश्चिम क्षेत्र देविताल खारिया मुहान क्षेत्रमा एउटा भाले बच्चा गैंडा नियन्त्रणमा लिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

चितवनबाट दुई जोडी गैंडा समातेर चीन पठाउने सरकारको योजना छ । ठूलो गैंडा लैजान उपयुक्त नभएका कारण बच्चा समातेर लैजाने तयारी छ । एउटा सानो भाले गैंडा पहिल्यै सौराहा क्षेत्रमा रहेका कारण अब दुई वटा पोथी बच्चा गैंडा समातिने अर्यालले बताउनुभयो । बच्चा गैंडालाई नयाँ वातावरणमा घुलमिल गराउन सौराहामा खोर जस्तो खाल्डो (बुमा) मा राखिने छ । नयाँ वातावरणमा घुलमिल हुन समय लाग्ने भएका कारण अहिले समाएका गैंडा असारमा मात्रै चीन पठाउन सम्भव हुने सूचना अधिकारी अर्यालले बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here