अन्तर्मनका भावनाहरू - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 23, 2012

demo-image

अन्तर्मनका भावनाहरू

Responsive Ads Here
love+3

अस्ताउँदो सूर्यले पारि क्षितिजबाट धर्ती छाड्दै थियो । आँखाले भ्याईन्जेल देखिने समुन्द्र, समुन्द्रमा उर्लने छालहरू पनि त्यतिबेला शान्त बन्दै थिए । सामुद्रिक क्षितिजबाट डुब्दै गरेको सूर्यले समुन्द्री किनारसम्म फैल्याएको लालीसँगको समागममा सारा धरातल नै राताम्मे पारिरहेको थियो । यिनै गोधुली साँझमा मनोरम दृश्यावलोक गर्नेहरू, थुप्रै थुप्रैका मलिन अनुहारमा सूर्यको किरणले उज्यालो छरिदिएको थियो । समुन्द्रीकिनारसँगैको बगैँचा, बगैचा भरि राखिएका आलिसान बेञ्चहरू मानिसहरूले भरिएको थियो । कतै कतै खाली पनि थिए, सायद हाम्रै पर्खाईमा बाटो हेरिरहेका थियो!

केहि दिन अगाडि देखि नै बिकृतिसँगको डेट फिक्स गरेको थिएँ । समय अभावका कारण लामो समयदेखिको मिलनलाईमनभरि सजाएर राख्नुको आनन्द एकातिर हुँदो हो भने साथमै बसेर पोख्न नपाईएका मनभरिका कैयौं वेदनाहरूले मन पनि त बोझिलो थियो ।

बिकृति, नाम मात्रै भगवाल उल्टो जुराईदिएका थिए सायद । होइन, यो सामाजका उरन्ठेएलिएकाहरूको विपरित भएकिले होला तिनैको विपरित बिकृति भएकि । अन्तरमनबाटै भन्नुपर्दा उन्को मधुर मिठसा र सम्मानजनक सुरिला बचन बाणले नै त मलाई घाइते बाघ बनाईदिएकि थिईन् । नाम बिकृति, मान्छे प्रकृतिले दिएकि स्वकृति अनि त अनि मिलनसार र मिजासिली भएकिले नै त म उन्कै सापिप्यतामा लडिबुढि खेल्न मन पराउँथे । तै पनि उनको निर्दोषपनामा मेरो यस्ता मनमौजी कुरा न हुन् । उनिलाई त मेरो आभाससम्म पनि थिएन होला ।

समय चक्र हो, घुमिरहँदा कहिलेकाँही मेरो पोल्टामा नपरेर सुख छ र! हो म मान्छु, समयले मेरो साथ दिन मानेकै थिएन । तर बलजफ्ती गरेर पनि बशमा राख्नुपर्दोरहेछ । वा अनेकन अनुनय विनय गरिसकेपछि भगवानलाई पनि दया लाग्दो हो, अनि त तथास्तु हुन्छ मेरो पोल्टामा । र त्यहि प्राप्तिको खुशीमा थोरै हर्षोल्लाश मनाउँछु एक्लै ।

साथीभाईहरूसँग भेटिनु छुट्टिनु एकातिर छदैछ । त्यसैमा एउटा मन परेकि साथी थिईन् बिकृति । बिकृतिसँगको मिलन थोरै पटक वा एकादुई मात्र भए होलान् तर साथीत्वको घनत्व बढेर होला, थोरै समयमा नै दुरी निकै कम भएको महसुश भयो । त्यसैले त मनभरिका कुराहरू सके जति पोखिसकेको थिए! अझै भेटेरै पनि कति कुराहरू पोखुँला भनेर हरेक पर्खाईहरूलाई मिजाजी भावनाहरूमा बदलेर भित्र भित्रै रमाईरहको थिए!

यहि समयलाई कायापलट पार्दै म हुईकिएँ ट्याक्सीमा । बिकृति पनि मेरो पर्खाईमा मनभरि के–के, के–के तानामाना बुनेर बसिरहेकि थिईन् सायद । वा मेरो पर्खाईमा अलिकति भएको धैर्य पनि पखालिसकेकि थिईन कि?

बिकृति पनि मेरो पर्खाईमा थिईन सायद, र त मेरो आगमनको खबरले उत्साहित बन्दै थिईन । म पुगेको खबरले उनको मुटुमा ढ्याङ्ग्रो ठोकिसकेको हुनुपर्छ । किनकी साधारण भेटघाटको कुरा अर्कै होला, तर यो चाहि उनि र मेरो पहिलो डेट थियो । यो डेटले मलाई अचम्मसँग तानेर ल्याईपुर्याए पनि भित्र भित्रै केहि खुशी, केहि डर अनि केहि कौतुहलता भरिएर आएको थियो एकै साथ । यस्तो नहोस् पनि कसरी? मान्छे न हुँ, कतै कतै एकार्का प्रतिको सदभावमा ठेस लाग्ने पो हो कि ?

बिजय प्राप्त गर्न मैदानमा कुस्ती खेल्नै पर्छ । लडाईमा घाइते नभएको सिपाहीलाई के थाहा सत्रुको बन्दुकको नालबाट हुर्रिएर आएको गोलीको तेज, छेद र यसले दिएको दुखाईको पीडा? मन्दिरमा सजिएर पुष्पगुच्छा स्विकार गर्ने भगवानलाईके थाहा फूलबारीमा फूल फुलाउनमा गरिएको परिश्रमको पीडा? त्यसको लागि माली बन्नै पर्छ । हो त्यसैले त म जिन्दगीलाई एउटा प्रयोगशाला ठानेर हरेक आविस्कारको अनुमान गर्न सक्थेँ ।

हो, यो पनि मेरो पहिलो प्रयोग थियो । बिकृतिसँगको प्रयोगमा सफल भएँ भने आविस्कार पक्कै जन्मन्छ भन्नेमा ढुक्क थिएँ ।

बिकृतिले मलाई समयमै लिन आइन् । साधारण हाइ हेल्लो भो । आखिरी बाटो तताउनै त थियो, उनि लागिन् अघि–अघि, म चै पछि–पछि ।

साँच्चै भनुँ आफुले मन पराएको मान्छेसँगे लुरू–लुरू पछि लाग्नुको मज्जा नै अर्कै हुँदोरहेछ ..... । र त म एकतमासले उनकै परिकल्पनामा लागिरहेँ लागिरहेको थिएँ ।

मनभरि अनेक तर्कनाहरूले डेरा जमाईरहेका थिए । एक पछि अर्का कल्पनाहरूले मन सलबलाउन थालेको थियो । अविछिन्न सोचहरूले कहिले सफलताको परिधिसम्म पुगेर एक्ले मुसुमुसु हाँस्थे त कहिले यी सबै व्यर्थ भएको निराशानुभूतिले ओठ मुख सुकेर निला हुन्थे ।

त्यतिबेला सम्झदै थिएँ सायद, बिकृति समयले साथ दिएर मलजल र वातावरणको सकृयतामा मौलाएकि सुन्दर गुलाव फूल थिईन । म त्यहि फूलमा एकोहोरो लिप्सामा तल्लिन भँवरा, विना रस सुगन्धमा मात्रै आकर्षित थिए सायद ।

मानिकसको जिन्दगी हो, हरेक पाइलाहरूमा दुःखसँगै सुख पनि मिसिएको हुन्छ । धेरै आँशुहरूमा पाईएका आंशिक वा थोरै मात्रै हाँसो पनि पृथक हुन्छ । त्यसैले त काँडाहरूको डर नै थिएन मलाई त्यो सुन्दर गुलावसम्म पुग्नका लागि । यसो भनु, गुलाव मेरो चहाना मात्रै नभएर लक्ष्य हो ।

पछि लागेर हिडिरहेपछि सामुद्रिक किनारमा लमटन्न फैलिएका मरूभूमिय किनार, किनार छेउका हरिया चौर अनि त्यहि चौरमा रोपिएका हरिया रूखहरू, तिनै रूखहरूका आडहरूमा सजिएका आलिसान बेञ्चहरू, सायद हाम्रै पर्खाईमा थिए । केहि समय यताउता मान्छेहरूको चहलपहल हेरेर थोरै एकान्त खोज्यौ र दुबै जना नजिकै वा थोरै मात्रै दुरीमा बसेर मनभरिका अनेक तर्कनाहरू पोग्दै गयौँ ।

खुलेर कुरा गर्ने बिकृतिको बानी, मायालु र नरम स्वरकि धनि, मृगनयनि आँखाबाट निस्किएका थोरै लजालु र धेरै खुलेका खुशीका भावमा म तिरै फैलिएको नजर, तिनै नजरलाई म पनि यसो झल्याक झुलुक नियाल्दै थिएँ ।

कुराहरू अगाडि बढे । कतिपय कुराहरू समयसँगै बाहिरिन्थे भने बल गरेरै फेरि यथास्थितिमा ल्याउनु पर्ने हुन्थ्यो । अनेकानेक मनका तर्कनाहरूलाई एकापसमा साटिए पनि मुख्य कुरामा फर्कन समय लागिरहन्थ्यो । अनि अन्तर्मनबाटै बल गरेर निकाल्न खोज्थेँ, फेरि अडिन्थे । किनकी मेरो अन्तर्मनका भावनाहरूले उनको मनमा चोट नपुगोस् भन्ने थियो ।

फेरि त्यतिबेला समय पनि कति छिटो बित्दोरहेछ कि चालै नपाएर झिस्मिसे अँध्याँरो भैसकेको थियो । मैले बल गरेर नै उनलाई मेरो अन्तर्मनका कुराहरू पोखेँ । त्यतिबेला सँयोग वा दैवले मलाई साथ दिएकै थिए र त खासै अगाडि धेरै पटक सोचविचार गर्नुपरेन ।

मन मिल्न समय नलाग्दोरहेछ भन्ने प्रमाण थियो त्यो । एकार्काको भावनालाई कदर गर्न सक्ने क्षमताको विकास भैसकेकोरहेछ र मेरो प्रत्येक अन्जान कृयाकलापहरूलाई उनि चुपचाप साथ दिदै थिईन् । प्रेमको कुनै समयवाधि हुदैन वा सिमा पनि हुदैन । अनन्तसम्म फैलिएको यो साक्षात प्रेममा समर्पण नहुँदो हो त कसरी यो सँसार चल्दो हो? हो, तिनै यथार्थताको आभास हामीमा पहिलेदेखि नै भैसकेकाले सायद त्यो सम्भव थियो । अन्यथा त्यतिबेला जे पनि हुनसक्थ्यो ।

फेरि केहि समय प्रेमिल अँगालोमा बाँधिएरै अन्तर्मनका कुराहरू साटासाट गर्यौ । साधारणतय एउटा पहिलो भेटमा जति नजिकिनु पर्थो त्यो भन्दा बढि नै नजिकिईसकेका थियौँ र त हदै भन्दा बढि प्रेमिल बनेका थियौँ !

समय चुपचाप आफ्नो बाटो तताउँदै थियो । हामीलाई मनभरिका कुराहरू खेलाउँदै ठिक्क थियो । ओहोरदोहोर गर्ने मानिसहरूको भीड पनि हामीबाट टाढिए जस्तै थियो । वा हाम्रो आँखामा प्रेमिय मोतियाविन्दु लागेको थियो ।

प्रेममा सँसार देखिदैन भन्थे, हामीले वरपर देख्ने त कुरा नै थिएन । प्रेम समर्पणमा हुन्छ भन्ने थाहा भएपछि एकार्कामा समर्पित गर्न कुनै छेकवार हुनै सक्दैन । न ती मानिसहरू, न ती समाजहरू र कुनै नियम कानुन नै । मैले नै कतिपटक देखेको थिएँ, जेब्रा क्रसिङ्का हरिया बत्तिहरूमा गाडीले हर्न बजाउँदासमेत प्रेमिल जोडिहरू अँगालोमा बाँधिएर चुम्वनी माहौलमै हुन्थे । वास्तविकता यस्तै रहेछ, सायद ।

बिकृतिसँगको पहिलो डेट सफल भएको आभासमा म निकै हर्षित भएको थिएँ । जिन्दगीको पहिलो डेट, पहिलो प्रेम र पहिलो अन्तर्मनले चाहेको बिकृति, खुशी नहोस् पनि कसरी?

रात छिप्पिदै गईसकेको थियो । भेटिनु भनेकै छुटिनुका लागि हो भन्थे । समयलाई कति नै पो इग्नोर गर्न सकिन्छ र? कथा कवितामा पढिएका प्रेम कहानीहरू वास्तविकतमा पो कहाँ हुँदारहेछन् र? मनभरि त्यहि मिलनका रोमाञ्चित क्षणहरूलाई अन्तर्मनमै पोको पारेर छुट्टिन त थियो थियो । त्यसैले होला फेरि अगाडिका सबै सबै खुशीहरू पुनः एकपछि अर्को गुम्दै जान थाले । अन्तमा बिकृति पनि चुम्बनी विदा सहित बाटो लागिन् । म उनि लागेको बाटो बाटो वरपर र उनकै गन्तव्य हेरिरहेँ ।

फेरि समयले एकपटक मलाई मुर्छ्यायो । बिकृति जसरी मेरो नजरबाट बिलन भईन्, त्यसरी नै सबै सबै कथाहरू एक सँस्मरण बनेर मनभरि रहिरहे । जसरी बिकृतिले मलाई छाडेर एक्लै पारिन् त्यसरी नै त्यो कथासँग म एक्लिएँ । सोचेँ केहि समय नवित्दै बिकृतिको कल्पना, डेट, मिलन, बिछोड अनि एक्लो म, यी सबै सबै मेरो अन्तर्मनबाट उब्जिएका काल्पनिक रेखाहरू हुन् । जसरी शुरूदेखि म एक्लै थिए, यी कथाहरू सोचिरहँदा पनि एक्लै नै थिएँ । तर अन्तर्मनका भावनाहरू भने एक्ला थिएनन्, तिनै बिकृतिसँग क्षितिज पारी कतै समागम हुदै थिए, सायद ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *