दिएको चिनो तस्विर हेरी नसम्झ मलाई
आँसुको थोपा र्झनेछ फेरि नसम्झ मलाई
भावीको लेखा कर्मको फल बोकेर सौगात
दुःखको पला आँउदा खेरि नसम्झ मलाई
छुटेको माया टुटेको मुटु दुखेको बेलामा
लुकेर रुँदै अक्षर केरी नसम्झ मलाई
द्यौराली भाकी मन्दिरभित्र वाचा र कसम
जलेको मन यादले घेरी नसम्झ मलाई
बन र पाखा मेला र पात रमेको क्षणले
खुकुरी धार घाँटीमा सेरी नसम्झ मलाई
आँसुको थोपा र्झनेछ फेरि नसम्झ मलाई
भावीको लेखा कर्मको फल बोकेर सौगात
दुःखको पला आँउदा खेरि नसम्झ मलाई
छुटेको माया टुटेको मुटु दुखेको बेलामा
लुकेर रुँदै अक्षर केरी नसम्झ मलाई
द्यौराली भाकी मन्दिरभित्र वाचा र कसम
जलेको मन यादले घेरी नसम्झ मलाई
बन र पाखा मेला र पात रमेको क्षणले
खुकुरी धार घाँटीमा सेरी नसम्झ मलाई
ज्ञान योन्जन रामेछाप हाल मलेशिया जोहोरबारु
No comments:
Post a Comment