राजेशले दिए ११ सेकेन्ड लामो ‘टङ किस’ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

राजेशले दिए ११ सेकेन्ड लामो ‘टङ किस’


नायक राजेश हमालले पछिल्लो समय टङ किसका दृश्य दिन थालेका छन् । राजेश हमाल कुनै समय यस्ता दृश्य दिन पर हट्थे । तर उनलाई यो सामान्य विषय भैसकेको छ । तर उनका मिल्ने र मनपर्ने गायक राजेश पायल राईले पनि टङ किसको दृश्य दिए भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।

उनले उकेश दाहालले निर्माण तथा निर्देशन गरिरहेको चलचित्र ‘किन किन’मा ११ सेकेन्ड लामो टङ किसको दृश्य दिएका छन् । चलचित्र भित्र छायांकन हुने एक म्युजिक भिडियोको छायांकनका क्रममा उनले सन्ध्या ठकुरी नाम गरेकी नवनायिकासँग यो रोमानस गरेका हुन् । टङ किसको दृश्य दिईसकेपछि प्रतिक्रिया दिँदै उनले भने -’मैले भयो भन्दा भन्दै पनि निर्देशकले मान्दै मान्नु भएन ।’
अनि यस्तो दृश्य दिँदा कस्तो भयो त भन्ने हाम्रो प्रश्नमा उनले भने -’केही लाज लाग्यो मलाई । सयौं मान्छे हेर्नका लागि आएका थिए । उनीहरुको सामुन्ने टङ किस खाँदा म त रातो पिरो नै भएँ ।’ उनले पहिलोपटक यस्तो दृश्य दिँदा नया अनुभव भएको समेत बताए । चलचित्रभित्र एउटा म्युजिक गीतको छायांकन हुन्छ । जहाँ गायक राजेश पायल राई गायकको रुपमा अभिनय गर्दछन् ।
यस्तै चलचित्र भित्र प्रयोग गरिएको म्युजिक भिडियो भित्र गायकद्वय प्रमोद खरेल र भरत सिटौलाको समेत अभिनय रहेको छ । यो गीतको छायांकन मंगलवार चोभारमा गरिएको छ । लामो समयको ग्यापपछि यो चलचित्रको छायांकन शुरु गरिएको हो । चलचित्रको छायांकन केही दिनभित्र नै सकिने निर्देशक उकेश दाहालले बताएका छन् ।
चलचित्र ‘किन किन’मा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सेना, अरुणिमा लामाको मुख्य भुमिका रहेको छ । चलचित्रमा बेड सिन र टङ किस सामान्य रुपमा रहेका छन् । निर्देशक उकेश दाहालले बनाएको पहिलो चलचित्र पलपलमा पनि यौनको विषयलाई उठान गरिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here