काठमाडौं,माघ २३ l नेपालमा आयात बढेको छ । भारत र नेपालको चाँदीमा लाग्ने भन्सार दरमा फरक भएपछि नेपालमा चाँदीको आयात बढेको अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । नेपालमा चाँदी आयात गर्दा १ केजी चाँदीको लागि भन्सार र कर गरी रु २ हजार ४ सय लाग्ने गरेको छ । भारतमा भने त्यस्तो आयातमा ४ हजार ८ सय रुपैयाँ लाग्ने गरेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्र चाँदी आयातको लागि रु १ अर्ब ५० करोड रुपैयाँ खर्र्न्दा यो ७ सय प्रतिशतले बढी हो ।
यसरी नेपालमा भित्रिएको चाँदी भने अवैधानिक बाटो हुँदै भारततर्फ निकासी हुने गरेको छ । अर्थमन्त्रालयले छिट्टै भन्सार दरमा परिवर्तन गर्ने जनाएको छ । विगतमा पनि भारतको तुलनामा नेपाली भन्सार दर सस्तो हुँनासाथ अन्य बस्तुको पनि अस्वभाविक रुपमा आयात बढ्ने गरेको थियो ।
No comments:
Post a Comment