रातो मासु खानेको आयु छोँटो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 18, 2012

रातो मासु खानेको आयु छोँटो


एक अध्ययनले रातो मासुबाट बनेका परिकार बढि खाने मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यस्ता भोजन गर्ने मानिसको औषत आयु पनि कम हुने देखाएको छ ।
हार्वार्ड मेडिकल स्कुलका शोधकर्ताहरुले गरेको अध्ययनले रातो मासु सेवन गर्ने मानिसमा मुटुरोग तथा क्यान्सरको खतरा बढि हुने तथ्य पत्ता लगाएको हो ।
जनावरको रातो मासु भन्दा माछा तथा कुखुराको मासु तुलनात्मक रुपमा स्वास्थ्यका लागि फाइदाजनक हुने अध्ययनको निष्कर्ष छ ।
बि्रटिस हार्ट फाउन्डेसनले भने रातो मासुको सन्तुलित मात्रा सेवन गर्दा स्वास्थ्यमा कुनै नराम्रो असर नपुग्ने बताएको छ ।
सन् १९८६ देखि २००८ सम्म झण्डै ३८ हजार पुरुष तथा ८३ हजार महिलामा अध्ययन गर्दा यस्तो निष्कर्ष निकालिएको हो ।
दैनिक भोजमा रातो मासु समावेश गर्ने मानिसमा मुटुरोगबाट ज्यान गुमाउने खतरा १८ प्रतिशतले तथा क्यान्सरबाट ज्यान गुमाउने खतरा १० प्रतिशतले बढ्ने देखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here