माकुरोको जालोबाट बन्यो भ्वाइलिनको तार - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 5, 2012

माकुरोको जालोबाट बन्यो भ्वाइलिनको तार

jhoomkaजहाँ माकुरोको जालो लाग्छ, मानिसहरु त्यसलाई तुरुन्तै सफा गर्छन् । माकुरोले लगाएको जालोलाई मानिसहरु राम्रो मान्दैनन् । तर, त्यही माकुरोको जालो कति उपयोगी हुन सक्छ ? भन्ने कुरा भने सबैलाई जानकारी नहुन सक्छ ।

पछिल्लो पटक जापानका सोधकर्ताहरुले माकुरोले बनाएको हजारौं जालोको रेसा मार्फत् भ्वाइलिनका तारहरु बनाएका छन् । जुन तारले स्टिल तारको तुलनामा सुरिलो र मन्द आवाज दिने शोधकर्ताहरुको दाबी छ ।

समाचार स्रोतका अनुसार जापानको नारा मेडिकल विश्वविद्यालयका डा. ओसाकीले भ्वाइलिनका सम्पूर्ण तारहरु माकुरोको जालोबाट बनाइएको बताइएको छ । डा. ओसाकीले यस तरहबाट बनाएको भ्वाइलिनको तारको विकास पहिलो भएको दाबीगर्दै यसले संगीतप्रेमीलाई नयाँ सुर सुन्ने मौका प्राप्त हुने दाबी गरेका छन् ।

स्रोतका अनुसार डा. ओसाकीले पालेका माकुरोलाई प्रजनन् गराएर खास किसिमको ‘ड्रयागलाइन रेशम’ निकाल्ने तरिका विकसित गरेका हुन् । उनले करिब ३ सय ‘नेफ्युला माकुलाता’ माकुराको प्रजातिबाट यस्तो प्रविधिको विकास गरेको बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here