कहाँ...हुन्छ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 27, 2012

कहाँ...हुन्छ


डुब्छ घाम जुन पनी, अटल कहाँ हुन्छ
हाँस्ने सबै दुनीयाँमा, सफल कहाँ हुन्छ

भाग्यले नै डोऱ्याउछ, जहाँ भए....पनी
तीम्रो हाम्रो आग्रहको, पहल कहाँ हुन्छ

आँशु त साथी हो, चरम पीडा....हल्का पर्ने
खुल्छ आकाश झरि पछि, बादल कहाँ हुन्छ

मन्दिरनै आफ्नो मन हो, पुन्य गर्न जाने
सत्य भुले बुद्घ पनी, असल..कहाँ हुन्छ

जीउनुको तितोसत्य, मर्नु पर्छ..एकदिन त
यहि डर बुझीदिए कुकर्म नै, सबल कहाँ हुन्छ

कोरि दिन्छु के के म त, खाली पाना भरि
शब्द शब्द नमिले त, गजल कहाँ...हुन्छ
गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here