दशैं तिहार सम्झी मलाई , नरोइदिनु आमा
पछ्यौरीमा आशु पुछी , नधोइदिनु आमा
पीर मानि बाटो कुरी , नहेर्दिनु बुबा
बटुवालाई सोधी सोधी , नकेर्दिनु बुबा |
दिदी बहिनी , छोरा छोरी , अघाध छ माया
साथी भाई , गाउघरको , आउछ सधै याद
मेरी प्यारी काम धन्दामा , गर्छौँ होला कुरा
बेदनाका गीत खोपी , भर्छौ होला गीत |
अर्काको भेष , अर्कैको देश , भने जस्तो हुन्न
जति बिन्ति बिसाउ मैले , छुट्टी मिल्ने छैन
सबै मिलि हासी खुशी , मनाउनु है दशैं
तिहार आउदा नरोऊ चेली , सरे जस्तै: बसाई |
डम्बर पौडेल चानुवा -८ ,धनकुटा
हाल :- कतार

No comments:
Post a Comment