२२ सेकेन्ड अघि भूकम्पको वार्निङ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 19, 2015

२२ सेकेन्ड अघि भूकम्पको वार्निङ

४ असार २०७२, काठमाडौं ।
        नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।
          चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने छ । नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको छ ।
         नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । ‘सुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम सुरु हुनेछ, देशभर राख्न ३२० सेन्सर चाहिन्छन्, जुन नास्टले नै किन्न पर्नेछ’, उनले भने । आजको कारोबारमा खबर छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here