एउटा कथा जिन्दगीकाे - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Nov 3, 2016

एउटा कथा जिन्दगीकाे

बेहाेस अवस्थामा रहेकाे एक बिरामीकाे सपनीमा यमराजस‌ग भेट हुन्छ ।
व्यक्तिः यमराज जी म बा‌च्न चाहान्न । मलाइ मुक्ति दिलाउ ।
यमराजः मनुष्य, तिमीले भन्दै मैले तिमीलाइ लाने हैन ।
तिम्राे जाने समय भएकाे छैन । तिम्राे समय पुगे पछि म एकदिन अवश्य लिन अाउनेछु ।
तिमीले भाेग्नु पर्ने र गर्नु पर्ने धेरै कुराहरु छन् ।
जन्म पछिकाे मृत्यू निश्चित छ । भन्दै यमराज अाफ्नाे बाटाे लाग्छ ।
डक्टर र नर्सकाे अावाजले त्याे व्यक्ति व्यूझ्न पुग्छ ।अनि अाफूलाइ हस्पिटलकाे बेडमा पाउछन ।
बिरामीः म यहा‌ कसरी अाइपुगे??
डाक्टरः तपाइलाइ एकजना लेडिजले भर्ना गरेका हून ।
बिरामीः काे लेडिज??
नर्सः त्याे हामीलाइ थाहा भएन । तर त्याे लेडिज अहिले देख्दिन । बाहिर तीर हाेलान ।

बिरामी साेचमा पर्छन । काे रैछिन त?? किन मलाइ यहा भर्ना गरेका हाेलान??
बिरामीः मलाइ के भएकाे छ र डाक्टर साब??
डाक्टरः तपाइकाे खुट्टामा चाेट लागेकाे छ । हुन सक्छ तपाइकाे एक्सीडेन्ट परेकाे हाेला ।
बिरामीः अाफ्नाे खुट्टा चलाउन खाेज्छ तर चल्दैन । डाक्टर साब मेराे खुट्टा किन चल्दैन ।
डाक्टर र नर्स उसकाे खुट्टामा लगाएकाे पट्टी खाेल्न थाल्छ । ड्रेसिङ गर्नका लागि ।
बिरामी कराइ रहेकाे हुन्छ ।

डाक्टरः प्लीज नकराउनुस । एकछिन भए पनि सहने काेशिश गर्नुस ।
ड्रेसिङ गर्ने काम सकिन्छ ।
नर्सः अब तपाइ अाराम गर्नुस । शायद भाेली तिर तपाइकाे खुट्टाकाे अप्रेशन गर्नु पर्ने हुन्छ ।
अनि तपाइकाे अाफ्नाे मान्छे बाेलाउनुस ।
बिरामी खल्ती छाम्छन । तर खल्तीमा माेबाइल भेटिदैन । कसरी सम्पर्क गर्ने अाफ्नाे मान्छेलाइ ।
छेउमा रहेकाे बिरामीकाे कुरुवालाइ एक कल गर्न माेबाइल मागछन् ।
नम्बर डायल गर्छन ।
तपाइले डायल गर्नु भएकाे नम्बर उपलब्ध हुन सकेन । भन्ने जवाफ अाउछ । अरु नम्बरहरुमा डायल
गर्छ कुनैमा बिजी भनेर देखाउछ । कुनैमा इन्गेज ।
माेबाइल फिर्ता दिन्छन । अब के गर्ने त्याे टेन्शमा पर्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here