
प्रतिवेदन अनुसार हाल फेसबुकका सक्रिय प्रयोगकर्ताको संखया १ अर्ब ७९ करोड छ । सक्रिय प्रयोगकर्ता भनेको कम्तिमा महिनामा एक पटक फेसबुक चलाउने मानिसहरुको संख्या हो । फेसबुकका एक्टिभ युजर्सको संख्यामा वाषिर्क १६ प्रतिशतले वृद्धि भएको छ । फेसबुकका अनुसार ह्वाट्सएप र फेसबुक मेसेन्जरका सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । त्यस्तै इन्स्टाग्राम प्रयोगकर्ताको संख्या ५० करोड छ । तथ्यांक अनुसार विश्वमा हरेक दिन १ अर्ब १८ करोड मानिसले फेसबुक चलाउँछन् ।
फेसबुक चलाउने मध्ये अधिकांसले फेसबुक चलाउन मोबाइल डिभाइस प्रयोग गर्ने गरेको देखिएको छ । हरेक महिना १ अर्ब ६६ करोड तथा हरेक दिन १ अर्ब ९ करोड मानिसले फेसबुकको मोबाइल एप प्रयोग गर्ने गरेका छन् । फेसबुकले सार्वजनिक गरेको नयाँ तथ्यांकमा टिप्पणी गर्दै कम्पनीका सिइओ मार्क जुकरबर्गले भिडियोको महत्व बढ्दै गएको र फेसबुक लाइभ प्रयोग गर्नेको संख्या पछिल्लो मे यता ४ गुणाले वृद्धि भएको बताएका छन् ।
त्यस्तै इन्टाग्राममा थप गरिएको स्टोरिज नामक नयाँ फिचरका प्रयोगकर्ताको संख्या १० करोड पुगेको छ । उनका अनुसार थ्री डी सामाग्रीलाई प्रस्तुत गर्नु तथा भर्चुअल रियालिटी टूल्सको विकाश गर्नु फेसबुकको आगामी दिनको चुनौतिको रुपमा रहेको जुकरबर्गले बताएका छन् ।
No comments:
Post a Comment