पुष २१ २०७३ प्रेस काउन्सिल नेपाल द्वारा हालै सार्वजनिक गरेकाे पत्रपत्रिका वर्गीकरणकाे नतिजा प्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ । काउन्सिलमा वर्गीकरणकाे निर्णय नशलकाे अाधारमा विभेद गिरएकाे प्रष्ट देखिएकाे छ । वर्गीकरणमा परेका तराइका अधिकांस पत्रपत्रिकाहरुकाे वर्ग घटाएकाे छ । तराइकाे पत्रपत्रिकाहरुलाइ निरुत्साहित गर्न प्रेस काउन्सिलले रंग भेद र खास राजनितिक र जातिय मान्सिक्ताबाट निर्देशित भएर काम गरेकाे देखिएकाे छ ।
सञ्चार माध्यमहरुकाे अनुगमन र मूल्याङ्कन गर्ने एकमात्र निकायकाे रुपमा रहेकाे प्रेस काउन्सिलकाे गरिमामालाइ धमिल्याउने काम नगरियाेस् । हामी संस्थाकाे रहाेस भन्ने पक्षमा छाैं । पूर्वग्रहि भावनाले काउन्सिलबाट भइ रहेका काम कार्वाहीलाइ बन्द गरियाेस् । रङ्गभेद र व्यक्तिवादी साेचकाट माथि उठेर न्यायाेचित र समानताकाे अाधारमा पत्रिकाकाे वर्गीकरणमा पुनः विचार गरियाेस् ।
हाम्राे सुझाव र मागलाइ वेवस्ता गरिए प्रेस काउन्सिल झन विवादित बन्न सक्ने तर्फ सम्बन्धित निकायहरुलाइ सचेत गराउन चाहान्छाैं ।
अार सी यादव
महासचिवमधेस पत्रकार समाज नेपाल
-टिबि पाख्रिन
No comments:
Post a Comment