चारै जनाको आज पोष्टमार्टम, शव यात्रा भोली - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 11, 2017

चारै जनाको आज पोष्टमार्टम, शव यात्रा भोली

जनकपुरधाम । सप्तरी जिल्लामा प्रहरीको गोली लागेर मृत्यु भएका चारै जनाको शव बुझन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहमत भएकोछ ।जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको सर्वपक्षिय बैठकमा मोर्चाले राखेको मागहरुलाइ सरकार सम्म पु¥याइने निर्णय भएपछि शव बुझने प्रकृया अगाडी बढाइएकोछ ।
 
तराइका अन्य जिल्लाहरुमा खासै बिरोध कार्यक्रम नभएपनि सप्तरीमा बन्द यथावत छ ।बन्दको कारण पूर्बपश्चिम राजमार्गमा सवारी साधन चल्न सकेन ।बजार,शिक्षण संस्था, उद्योगधन्धाहरु बन्द रहे ।
सप्तरी जिल्लाको मलेठमा सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका चारै जनाको शव शुक्रबार पोष्टमार्टम हुने भएको छ । सर्बपक्षिय निर्णयपछि स्थानिय मोर्चाले शव बुझन सहमत भएको छ ।मोर्चाका सप्तरी जिल्ला संयोजक दिनेश यादवले मोर्चाले राखेको मागहरुलाई केन्द्र सम्म पु¥याएर पुरा गराउन स्थानीय प्रशासनले पहल गर्ने निर्णय भएको जनाए ।

उनले माग पुरा गर्ने प्रतिबद्धता पाएपछि शव बुझ्ने प्रकृया अगाडी बढेको जनाए ।
‘बिहिबार बिहान पोष्टमार्टमपछि शव बुझने छौ’उनले भने–शनिबार शव यात्रा निकालिनेछ ।
मोर्चाले राखेका माँगहरुलाइ जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णयगरि कार्यान्वयनका लागि गृह मन्त्रालय पठाइने बताइएको छ ।

मृतकहरुलाइ सहिद घोषणा,  दोषीहरुलाइ कार्वाही,  घाइतेहरुको उपचारका लागि तत्काल रकम उपलब्ध गराइनु पर्ने लगायतका माँगहरु मोर्चाले राखेकोछ ।सहमति अनुसार मोर्चाको मागलाइ गृह मन्त्रालयमा पठाउने सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जनाए ।
मोर्चा र प्रशासनबीच लामो छलफल भएपनि बजार र यातायात खुलेको छैन । राष्ट्रिय मानव अधिकार आयोगको एउटा गाडीमा मलेठका आक्रोशित बासिन्दाहरुले  तोडफोड गरेकाछन । मंगलबारपनि उक्त आयोगको गाडीमा तोडफोड गरिएको थियो ।

मलेठमा गोली चलिरहेको बेला एमालेको अभियानस“गै रहेको मानवअधिकारकर्मीहरु औद्योगिक क्षेत्रमा नेताहरुको भाषण सुनिरहेकोबाट स्थानीय बासिन्दाहरु आक्रोसित छन ।आयोगकी सदस्य समेत रहेकी प्रवक्ता मोहना अन्सारी लगायतको टोली उक्त गाडीमा सवार थिए ।तर अन्य जिल्लाहरुको स्थिति समान्य रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here