विश्‍वकै सबैभन्दा लामो कपाल भएकी महिला ! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 6, 2017

विश्‍वकै सबैभन्दा लामो कपाल भएकी महिला !

एजेन्सी: प्राय महिलाहरु कालो, बाक्लो र सिल्की कपालका सौखिन हुन्छन्। तर एउटा महिला कपाल पाल्‍ने सौखले विश्‍‍वमै लोकप्रिय बन्‍दै गइरहेकी छिन्।
अमेरिकाको फ्लोरिडामा रहँदै आएकी उनको नाम हो आशा मण्डेला। आशाकाको कपाल यति लामो छ की तपाई सुनेरै छक्‍क पर्नुहुन्छ। उनले पालेको कपालको लम्‍बाई करीब ५५ फिट र १६ किलो रहेको छ।
उनलाई आफ्नो कपाल धुन मात्रै ६ वटा बोतल स्याम्पू लाग्छ भने कपाल पखालिसकेपछि सुकाउन मात्रै दुई दिन लाग्‍ने गर्दछ। उनले पालेको कपाल २५ वर्षदेखि कहिल्‍यै काटेकी छैनन्।
उनले पालेको कपालकै कारण उनलाई जीवनसाथी पाउन निक्‍कै मुस्किल भएको थियो। तर पछि उनले इमानुएल शेग नामक एक हेयर ड्रेसरसँग नै प्रेम विवाह गरिन्। उनको प्रेम प्रसँग पनि रोचक थियो। जब आशालाई उक्त हेयर ड्रेसरले पहिलो पटक भेटे, उनले पहिलो भेटमै विवाहको प्रस्ताव स्विकार गरिन्।


यसअघि उनको विवाह नहुनुले कपाल बाधक रहेको भन्दै चिकित्सकले धेरै पटक कपाल काट्‍न सुझाव दिएका थिए। तर उनले डाक्टरको सुझाव सुनेनन्। त्यही हेयर ड्रेसरको सहयोगले आशाले पालेको कपाल अब कमाइमा परिणत भएको छ। उनले यही कपालबाट कपालसँग सम्बन्धित उत्पादनमा विज्ञापनमा खेल्‍ने मौका पाउँछिन् र राम्रो आम्दानी गरिरहेकी छिन्।
यसका साथै विवाहपछि आशाले गिनिज अफ वर्ल्‍ड रेकर्डमा पनि आफ्नो नाम विश्‍वमै सबैभन्दा लामो कपाल भएकी महिला भनेर चिनाउन सफल भइन्।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here