काठमाडौं । स्मार्ट वाच र गुगल ग्लासपछि शरीरमा लगाउन मिल्ने प्रविधिको
रुझान बढिरहेको छ । यसको नयाँ कडीको रुपमा आएको छ, स्मार्ट कन्डोम । यसको
बिक्रीका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ ।
बेलायतको
एउटा अनलाइन स्टोरमा यसको बिक्रीको प्रक्रिया दर्तामार्फत सुरु गरिएको हो ।
कम्पनीले यसलाई बजारमा ल्याउने दाबी २०१६ मा नै गरेको थियो ।
कम्पनीका
अनुसार स्मार्ट कन्डोमको प्रयोगबाट प्रयोगकर्ताले सेक्स कतिपटक, कति लामो,
यहाँसम्म कि कति समयपछि गरिएको हो भनेर पनि जानकारी पाउँछन् ।
त्यसो
त यसको नाम स्मार्ट कन्डोम भए तापनि यो सुरक्षित सेक्सका लागि भने होइन ।
यो एउटा रिङ हो जुन कन्डोमको सतहको भागमा फिट भएको हुन्छ । याने कि तपाईंले
यसको साथमा सामान्य कन्डोम प्रयोग गर्नु भएन भने गर्भधारण र यौनरोगलाई
रोक्न सक्नुहुन्न ।
कम्पनीले दिएको विवरणअनुसार स्मार्ट कन्डोम प्रयोग गर्नुभन्दा पहिले चार्ज गर्नुपर्छ र यो काम यूएसबी पोर्टमार्फत सजिलैसित हुन्छ । यद्यपि
कम्पनीका दाबीमाथि विभिन्न सवालहरु उठेका छन् । आलोचकहरुको भनाइमा यो कुनै
उपयोगी बस्तु नभएर प्रोपोगाण्डाबाट व्यापार गर्ने प्रयास मात्र हो ।
उत्पादनको तस्वीर नआउँदासम्म यो भन्न मुस्किल हुन्छ कि यसको प्रयोग कति सहज
छ ।
यो कन्डोम यौन आनन्द बढाउनका लागि होइन । न त यो फुट्ने वा लिक
हुने सम्भावनाबाट टाढा छ । आलोचकहरुले स्मार्ट कन्डोमबाट कुनै पनि उपयोगी
कुरा हासिल नहुने दाबी गरेका छन् ।
एक घन्टा चार्ज गर्दा यसलाई ७-८
घन्टासम्म प्रयोग गर्न सकिन्छ । यसको तथ्यांक केवल प्रयोगकर्ताले मात्रै
हेर्न सक्छ, यद्यपि यसलाई सेयर गर्ने विकल्प पनि दिइएको छ । एक वर्षको
वारेन्टीसहित यसको मूल्य राखिएको छ, करिब साढे सात सय डलर ।
No comments:
Post a Comment