देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक
रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन् ।
रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा
नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा
कामकै लागि साउदी अरब पुग्ने गरेका छन् ।
साउदीमा रोजगारीकै लागि पुगेका
नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन
बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले
मृत्युदण्ड सुनाइसकेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । हत्या
अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै
हत्या गरेको अभियोग छ ।
No comments:
Post a Comment