प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल
लोकप्रिय बन्दै आएको छ । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म
पुर्याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक,
ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ । युवकयुवतीमात्र नभई
बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त
भइरहेका छन् ।
लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम
पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीका रुपमा देखिएको छ,
सामाखुसीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण ।
उनको मृत्युको कारण सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग देखिएको छ ।
No comments:
Post a Comment