फिस्लिङमा सवारी दुर्घटना - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 23, 2017

फिस्लिङमा सवारी दुर्घटना

इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा आइतबार बिहानै सवारी दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते छन् ।
 
मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा२ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१९० नम्बरको ट्रक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको हो ।

दुर्घटनामा बा २ ख १९५८ नम्बरका ट्रक चालकको ज्यान गए पनि उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेलाई उपचारका लागि धादिङ पठाइएको प्रहरी  जनाएको छ ।
बिहान साढे ६ बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here