धमाधम पार्टी छाड्दै केन्द्रीय नेता - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 3, 2017

धमाधम पार्टी छाड्दै केन्द्रीय नेता

पार्टी गठन भएको डेढ महिना नपुग्दै राजपा नेपालका केन्द्रीय नेताहरुले पार्टी छाड्न थालेका छन् । पार्टी नेतृत्व निर्वाचनमा जाने या नजानेबारे अलमलमा देखिएपछि चुनाव पक्षधर नेताहरु अन्य पार्टीमा जान थालेका हुन् ।
राजपा छाडेका अधिकांश नेताहरु उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालमा प्रवेश गरेका छन् । केही नेताहरु भने फोरम लोकतान्त्रिकमा आवद्ध भएका छन् । पार्टी छाडेका केही नेता राप्रपामा प्रवेश गरेका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केही दिनयता विभिन्न जिल्लामा पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् ।

राजपाले संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको छ । फोरम नेपाल र फोरम लोकतान्त्रिकले भने चुनावको तयारी तीव्र पारेका छन् । राजपा छाड्नेमध्ये अधिकांशले चुनावमा उम्मेदवार हुने आकांक्षा देखाएका छन् ।
राजपाका सहमहामन्त्री समीम अन्सारी एमालेमा प्रवेश गरेका छन् । बाराका अन्सारीले आफूसहित एक सय राजपाका कार्यकर्तालाई एमालेमा प्रवेश गराएको दावी गरेका छन् ।
त्यसैगरी राजपाका केन्द्रीय सदस्य भीमराज यादव फोरम नेपालमा प्रवेश गरेका छन् । उनले सप्तरीको राजविराजबाट मेयरमा चुनाव लड्ने आकांक्षा राखेका छन् । उनी सद्भावना पार्टीबाट राजपामा गएका थिए । त्यसैगरी महोत्तरीका राजपाका अर्का केन्द्रीय सदस्य लक्ष्मी महतो राप्रपामा प्रवेश गरेका छन् । राजपाका अर्का केन्द्रीय सदस्य रामनारायण मेहना फोरम नेपालमा प्रवेश गरेका छन् । राजपाका केन्द्रीय सदस्य हरि गोले लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here