काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका
परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने
सोडियम नाइट्रेट मासुमा मिसाइएको हो ।
आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण
विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको आजको राजधानी दैनिकले लेखेको छ ।
मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर
आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर चिन्ता र चासो
व्यक्त गरेका छन् ।
No comments:
Post a Comment