जथाभावी बाटो काट्दा गरिने जरिवाना स्थगित - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 14, 2017

जथाभावी बाटो काट्दा गरिने जरिवाना स्थगित

 http://www.peoplesdailyng.com/wp-content/uploads/2014/10/zebra_crossing.jpeg


उपत्यकामा जथाभावी बाटो काट्नेविरुद्ध सञ्चालन गरेको दुईसय रुपियाँ जरिवानासहितको कारवाही अभियान मङ्गलवारबाट स्थगित गरिएको छ ।  गृहमन्त्री जनार्दन शर्माले सर्वसाधारण यात्रुलाई लक्षित गरी सञ्चालन गरिएको दुईसय रुपियाँ जरिवाना कारवाही अभियान अव्यावहारिक भएकाले फिर्ता लिन निर्देशन दिएपछि स्थगित गरिएको प्रहरीले जनाएको हो ।  

गृहमन्त्री शर्माले गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामालाई गृह मन्त्रालयमा बोलाई जरिवाना फिर्ता लिन निर्देशन दिनु भएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले अभियान फिर्ता लिन निर्देशन दिएपछि स्थगित गरिएको बताउनुभयो ।  

जथाभावी सडक पार गर्ने विरुद्धको सडक कारबाही अभियान जारी नै रहन्छ उहाँले भन्नुभयो , तर, दुई सय रुपियाँ नगद जरिवाना तिराउने कार्यमात्र स्थगित गरिएको हो ।  उहाँले सर्वसाधारणलाई ‘होल्ड’ गरी सडक सम्बन्धी सचेतना कक्ष सञ्चालन कार्यक्रम यथावत् रहेको बताउनुभयो ।  

आकासे पुल मुनिबाट बाटो काट्ने, जेब्रा क्रसिङको वेवास्ता गर्ने, सडक फुटपाथबाट नभई बीच सडकबाट हिँडडुल गर्नेको सुरक्षाका लागि जनचेतना जगाउन जरुरी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here