
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुई एमालेको
हुँदैन भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । साथै संसदमा एमाले प्रतिपक्षमा
रहेपनि स्थानीय तहमा प्रमुख सत्तापक्ष रहेको भन्दै उनले सरकारको राम्रा
काममा समर्थन गर्ने बताए ।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा रमेश रञ्जन झा लगायतलाई पार्टी
प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले भने, ‘केहीकेही मान्छेलाई के लागेको छ
भने अरु प्रदेश एमालेले लग्यो भनेपनि २ नम्बर प्रदेश हुँदैन । त्यो भ्रम
छोडेहुन्छ ।’
उनले अघि भने, एमालेको बहुमत आएर सरकार बनायो भने केही रहला नत्र सँधै
झमेला मात्र रहने भो । त्यसकारण एमाले आओस् भन्ने जनताको भावना छ ।’
तराई मधेसमा सिचाई तथा बाटोका लागि छुट्याइएको बजेट बाठो कहाँ पुग्ने
गरेको भन्दै उनले त्यसलाई एमालेले मात्र ठीक ठाउँमा ल्याउने दाबी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो दल एमाले विपक्षी दल मात्र नभएको बताए ।
स्थानीय तहको पहिलो चरणको चुनावले एमाले मुख्य सत्तापक्ष भएको भन्दै
उनले भने, सत्तापक्ष अरु पनि छन् अलिअलि सत्ता पक्ष छ । तर, बहुमतसहितको
सत्तापक्ष हामी हौं । दोस्रो चरणको चुनाव हुने चार प्रदेशमा अझ बढ्ता
राम्रो गर्नेछौं ।’
केन्द्रीय संसदमा एमाले विपक्षमा रहेको भन्दै उनले सरकारले राम्रो काम गरे समर्थन गर्ने बताए ।
No comments:
Post a Comment