डा. पटेलको टिमले गरयो ब्रेन हैम्ब्रेजको सफल अप्रेशन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 12, 2017

डा. पटेलको टिमले गरयो ब्रेन हैम्ब्रेजको सफल अप्रेशन



 
वीरगंज नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगंजमा एक ६५ वर्षिय बृद्धको सफल रुपमा ब्रेन हैम्ब्रेजको अप्रेशन भएको छ ।
 
सुवर्णपुर गाउँपालिका वडा नं. ५ जितपुर परसवाका ६५ वर्षिय बृद्ध पूर्णवासी चौधरीको टाउकोमा रगत जमि ब्रेन हैम्ब्रेज भएकोमा वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार्थ आउदा बरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु प्रसाद पटेलले सफल रुपमा अप्रेशन गर्नु भएको छ । 
 
बिगत केहि महिना देखि भारत लगायत नेपालको विभिन्न अस्पतालहरुमा उपचार गराउदा ठिक नभए पछि हाल नेशनल मेडिकल कलेजको डाक्टरहरुको टिमले सफल रुपमा अप्रेशन गर्नु भएकोमा बिरामी चौधरीका छोरा लक्ष्मण चौधरीले डाक्टरको टिमलाई धन्यबाद समेत दिनु भएको छ । हाल बिरामी चौधरीको अवस्था एकदमै ठिक रहेको र उनलाई एक दुई दिनमै डिस्चार्ज गर्ने समेत डा. पटेलले जानकारी दिनु भयो । 
 
 
 
त्यसैगरी पर्साको खजुरिया २ बस्ने २८ वर्षिय मनोज साहको पनि टाउकोमा गम्भिर चोट लागेपछि रगत जमेको थियो । टाउकोमा रगत जमेकोले शरिरको एक भाग प्यारालाइसिस जस्तो भएको र अस्पतालका न्युरो सर्जन डा. श्यामबाबु पटेलले सफल रुपमा अप्रेशन गरे पछि उनको अवस्था ठिक रहेको जनाइएको छ । बिमारी साहको अप्रेशन पछि उनको शरिरको सम्पूर्ण भाग राम्ररी काम गरिरहेको बिरामी साहको दाजु भुवन साहले जानकारी दिनु भयो । 

अप्रेशनमा डा. पटेल संगै डा. चन्द्रमोहन साह, डा. राज कुमार लगायतले सहयोग पु¥याउनु भएको कलेजका प्रवक्ता शेराज अहमदले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here