आन्दोलन तताउन राजेन्द्र महतो मधेश झर्दै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 13, 2017

आन्दोलन तताउन राजेन्द्र महतो मधेश झर्दै


बीरगंज । दोस्रो चरणको निर्वाचन बिथोल्ने उद्देश्यले आन्दोलनको घोषणा गरेका राष्ट्रीय जनता पार्टीले आन्दोलनलाई अझ आक्रामक बनाउन आफ्नो सबै शीर्ष नेताहरू मधेशमै केन्द्रित हुने रणनीति बनाएको छ। अध्यक्षमण्डलका सबै नेताहरू  जिल्ला जाने निर्णय समेत गरि सकेका छन्। 

गत वर्ष मधेशमा ६ महीना लामो आन्दोलन र नाकाबन्दीको नेतृत्व गरेर विवादमा रहेका राजपाका नेता राजेन्द्र महतो पनि भोलि देखि मधेश झर्दै छन्। राजपामा सबैभन्दा बढी आक्रामक मानिने र संविधान संशोधन बिना कुनै हालतमा निर्वाचनमा सहभागी नहुने पक्षमा रहेका राजेन्द्र महतो भोलि पर्सा जिल्लाको बीरगंजबाट आफ्नो आन्दोलन यात्राको शुरूआत गर्दै छन्। तराई मधेशमा चुनावी माहौल बनि सकेको अवस्थामा पछिल्लो साता केही जिल्ला भ्रमणमा रहँदा चुनाव बिथोल्न सम्पूर्ण शक्ति लगाउन आफ्नो नेता कार्यकर्तालाई महतोले निर्देशन समेत दिएको संचार माध्यममा आएको थियो।  

भोलि बुधवार १ बजे सिमरा पुगे पछि बीरगंजमा आन्दोलनकारी नेता कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजपाका सह महासचिव नेजामुद्दीन सेमानीले जानकारी दिएका छन्। बीरगंज पछि बारा जिल्लाको कलैयामा आन्दोलनको नेतृत्व गर्ने नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा महासचिव जीतेन्द्र सोनलले बताए। महतोको बीरगंज आगमन र सम्भावित परिस्थितिलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कड़ा पारेको छ।पर्सा जिल्लाका प्रहरी प्रमुखले कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लामा उच्च सतर्कता अपनाईने बताए। 

गत वर्षको आन्दोलनमा महतोले बीरगंजमै संविधान जलाउने, कर्फ्यू उल्लंघन गर्ने र उनको उपस्थितिमा नै बीरगंजको आन्दोलनमा प्रहरीको गोली लागी ५ जनाको ज्यान गएको थियो। महतोको आगमनले  आन्दोलनकारी जनता नेता कार्यकर्तामा उत्साह थपिए पनि पुलिस प्रशासनको लागि टाउको दुखाई बनेको छ। उग्र बन्दै गरेको आन्दोलनमा महतोको पर्सा देखि सप्तरी हुँदै बिराटनगर सम्मको भ्रमणले कहीं कतै अप्रिय घटना हुन नदिन गृहमंत्रालयले निर्देश पनि जारी गरेको स्रोतले बतायो। पूर्वको भ्रमण पछि महतोले पश्चिमको भ्रमण समेत गर्ने राजपाले जनाएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here