भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 3, 2017

भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा माओवादीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन् । साथै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सभामुखबाट संसदीय प्रक्रिया मिचिएको उनले आरोप लगाएका छन् ।

चुनावी प्रचारको सिलसिलामा गृहजिल्ला ताप्लेजुङ आएका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै आचारसंहिता ठूला साना सबै दललाई फरक-फरक नहुने भन्दै आचारसंहिता बमोजिम उम्मेदवारी खारेज गर्दै बाँकी उम्मेदवारको मतगणना सुरु गर्नुपर्ने बताए ।

भरतपुरमा सुनियोजित ढंगले मतगणना रोकिएकाले एमालेले संसद अबरुद्ध गरेको बताउँदै एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले मतगणना सुरु नभएसम्म संसद अवरोध गरिरहने बताए । राष्ट्रपतिले संसदलाई पठाएको पत्र समेत संसदमा दर्ता नभई नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रकृया अघि बढाएको भन्दै एमाले नेता भट्टराईले आपत्ति जनाए । 

संसदीय प्रकृया र संविधानको उल्लंघन गर्दै प्रधानमन्त्री चयन प्रकृया सुरु गरेकाले एमालेले यसको घोर निन्दा गर्ने गर्ने भट्टराईले बताए । संसद अवरुद्ध पार्दै आएको प्रतिपक्षी दल एमालेका प्रचार विभाग प्रमुख रहेका भट्टराईले सभामुख ओनसरी घर्ती मगरलाई ‘गल्ती’ सच्याउन आग्रह गर्दै उनले संसदीय प्रकृयालाई अवलम्बन गर्न सुझाव दिए । 

टुँडीखेलमा बसेर प्रधानमन्त्रीको निर्वाचन नहुने भन्दै एमाले सचिव भट्टराईले संसदलाई बाईपास गरेर भइरहेका गतिविधि एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए । यदि यस्तै गरेर प्रधानमन्त्रीको नियुक्ति प्रकृया अघि बढे एमाले अझै कडा रुपमा प्रस्तुत हुने चेतावनीसमेत उनले दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here