भातको माडबाट हुने लाभहरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 4, 2017

भातको माडबाट हुने लाभहरु

 http://newssanchar.com/wp-content/uploads/2016/02/bhatko-mad-400x260.jpg


भातको माडका लाभ
हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ । छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानका लागि भातको माड प्रभावकारी मानिन्छ । यसका फाइदा यस प्रकार छन् ।

कसिलो छाला
भातको माडलाई अनुहारमा लेपन लगाउँदा अनुहार सफा र चम्किलो हुन्छ । यसमा सफा गर्ने विशेष तत्व हुने भएकाले फेस वास वा टोनरका रुपमा प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउँछ ।

भाइरल संक्रमण
भाइरल संक्रमणका बेला वान्ता आउने तथा शरीरमा डिहाइड्रेसन हुने गर्छ । भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउँदैन, ज्वरो आउँदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ति गरिदिन्छ।

पखालाको औषधि
बालबालिकामा पखाला रोक्न भातको पानी निकै प्रभावकारी औषधि हो । यो पानीले बालबालिकाको पेट गडबडी हुने प्रक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । पखाला लाग्दा शरीरबाट अत्यधिक पानी जाने भएकाले भातको पानीले पूर्ति गरिदिन्छ ।

कब्जियतको समाधान
भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ ।

स्वस्थ कपाल
भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शीतल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउँछ । स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस् र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस्, कपाल मुलायम र चम्किलो हुन्छ ।

शीतल स्नान
भातको पानीमा एउटा स्वाभाविक चिस्याउने तत्व हुन्छ । यो सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ । मलमलको कपडामा केही अधकल्चो पाकेको चामल खन्याउनुहोस् र आधा घन्टा नुहाउने पानीमा राख्नुहोस् । भातको पानीले नुहाएर स्वच्छ र फुर्तिलो हुनुहोस् ।

दादुरा र बिमिरा निको पार्छ
भातको माडमा हुने कार्बोहाइड्रेडले दादुरा र शरीरमा आउने बिमिरा र घाउ निको पार्न सहयोग पु¥याउँछ । चिस्याएको भातको माडमा एउटा कटनको टुक्रा भिजाएर लगाउँदा शरीरका बिमिरा र दादुरालाई निको पार्छ । आगोले पोलेको छालामा चिस्याएको भातको माडले पनि शरीरलाई शीतलता प्रदान गर्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here