अझै पनि विधुत उपभोग गर्न पाएका छैनन् यहाँका ग्रामीणवासीहरुले - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 23, 2017

अझै पनि विधुत उपभोग गर्न पाएका छैनन् यहाँका ग्रामीणवासीहरुले

 http://www.onlinekhabar.com/wp-content/uploads/2013/12/electric.jpg


हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् । गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा २१औँ शताब्दीका नागरिक अझै पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

भूकम्पपछि अद्यावधिक तथ्याङ्कले रसुवा जिल्लाको धुरी सङ्ख्या ११ हजारको हाराहारीमा देखाए पनि नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले घरघरमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या ६ हजार ६७३ रहेको बताउँदै प्राधिकरण रसुवा शाखा प्रमुख सोभितबहादुर क्षेत्रीले लाङटाङ र तिरुबाहेक अन्य क्षेत्रमा विद्युत् लाइन जडानको प्रक्रिया अगाडि बढेको जानकारी दिए । विद्युत् मिटर माग गर्ने ग्राहकलाई तुरुन्तै जडान गर्दैआएको प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here