अादीवासी जनजातीहरुकाे अधिकार सुनिश्चितताका लागि संविधान कार्यान्यन अावश्यक - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 29, 2017

अादीवासी जनजातीहरुकाे अधिकार सुनिश्चितताका लागि संविधान कार्यान्यन अावश्यक




वीरगंज । नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ संसद राजेन्द्र बहादुर अामत्यले अादीवासी जनजातीहरुकाे अधिकार सुनिश्चितताका लागि पनि संविधान कार्यान्यन अावश्यक रहेकाे बताउनु भएकाे छ । नेपाल अनदीवासी जनजाती जिल्ला समन्वय समिति पर्साद्वारा अाज अायाेजना गरेकाे खेलाडीहरुलाइ पाेशाक वितरण कार्यक्रममा बाेल्दै अामत्यले नेपाल अादीवासी समुदायका मागहरुलाइ संबाेधन गर्न र लाेकतन्त्र र गणतनेत्रकाे उपलब्धी रक्षाका लागि निरन्तर प्रयासरत रहनुपर्ने बताउनु भयाे । 
उहाँले अाफ्नाे अधिकार उपयाेग गर्न सधैं अग्रपन्तीमा रहनु पर्ने बताउदै बच्चा नराेए सम्म अामाले पनि स्तनपान नगराउने भएकाेले अादीवासीहरुले पनि अाफ्नाे अधिकार प्राप्त गर्न अग्रसर हुनु पर्ने बताउनु भयाे । नेपाल अादीवासी जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डंगाेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सामाजिक विकास अधिकृत धर्मराज थापाले राज्यले अादीवासी जनजातीहरुकाे उत्थानका लागि सबै अादीवासी जनजातीहरुले सदुपयाेग गर्न सकाेस भन्ने उद्देश्यले केही निश्चित रकम उपलब्ध गराएकाेले जिल्लाका अादीवासी जनजाती समुदायले गर्नु पर्ने बताउनु भयाे । 
नेपाल अादीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् पर्साका अध्यक्ष कमल बहादुर विठाकाेटे मगरले स्वागत गर्दै पर्सामा बसाेबास गर्ने सबै अादीवासी जनजाती समुदायले अाफ्नाे पहिचानकाे लागि संघर्ष गर्नु परेकाे बताउदै संघर्षलाइ उपलब्धीपूर्ण बनाउन सबै अादीवासी जनजाती समुदायकाे एकताकाे अावश्यक्ता रहेकाे बताउनु भयाे । कार्यक्रममा नेवार, राइ, गुरुङ्ग, तामाङ्ग, धानुक, उराँव, थारु समुदायका ७० जना खेलाडीहरुलाइ खेलकुद पाेशाक वितरण गरिएकाे थियाे । नेपाल अादीवासी जनजाती पत्रकार महासंघ पर्साका सचिव निरज पिठाकाेटे मगरले संचालन गर्काे कार्यक्रममा थारु कल्याणकाराणी सभाका उपाध्यक्ष बालेश्वर गाैराे धानुक, समाजका जंगी महताे धानुक उराँव, समाजका प्रभु उराँव तमु गुरुङ्ग, समाजका अाश बहादुर गुरुङ्ग, किराँत राइ यायाेक्खाका जगत राइकाे उपस्थिति थियाे ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here