एमाले र माओवादी कार्यकर्ताबीच झडप - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 18, 2017

एमाले र माओवादी कार्यकर्ताबीच झडप

 http://ytimg.googleusercontent.com/vi/EWGU6SHehAI/mqdefault.jpg


दलबल सहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउपालिकाको लटिनाथमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ । मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् ।

माओवादीले उम्मेदवारी दर्ता गरेर फर्कने र एमालले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बताइएको छ । दुवै पक्षबीच एक आपसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका ५/७ जना घाईते भएका छन् । लटिनाथमा दुवै पक्षबीच झडप भएको र झडपमा कति क्षतिको बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको स्थानीय दिनेश सिहले जानकारी दिए । उनका अुसार लटिनाथ बजारमा झडप हुदा होटलहरुमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र अहिले तनावपूर्ण रहेको र अझै झडप हुन सक्ने देखिएको छ । झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको उनको भनाई छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here