लोपोन्मुख सेतो गिद्ध फेला परयाे - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 17, 2017

लोपोन्मुख सेतो गिद्ध फेला परयाे

जाजरकोटमा विश्वमै लोपोन्मुख सेतो गिद्ध फेला परेको छ। दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिए। भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताए। सक्लामा हालै फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उनको भनाइ छ । 

‘प्रकृतिको कुचीकार’ गिद्धका विभिन्न प्रजातिमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोप हुने अवस्थामा पुगेको छ । विश्वमै लोप हुने अवस्थामा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई वर्षअघि फेला परेको थियो । 

त्रिवेणी नलगाड नगरपालिका–५ लहँको महादेव स्थान जङ्गलमा सुन गिद्धको गुँड फेला परेको थियो । गुँडमा अण्डा पारे पनि कोरल्न नसकेको पक्षी संरक्षणकर्मी सिंहले बताउनुभयो । उहाँले केटाकेटीले गुँडमा ढुङ्गा हान्ने, आगलागी आदि कारणले गर्दा चल्ला कोरल्न नसके पनि एक जोडी सुन गिद्ध जाजरकोटमा रहेको बताउनुभयो । पाल्पामा पहिलो पटक देखिएको सुन गिद्ध जाजरकोटमा समेत देखिएको हो । 

चरा संरक्षण सङ्घका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एसियामा नौ प्रकारका पाइनेमा ती सबै नेपालमा पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने एक अध्ययनले देखाएको छ । 

पक्षी संरक्षण सङ्घले गरेको अध्ययनबाट जिल्लामा ७५ हिमाली गिद्ध, तीन जोडी हाडफोर गिद्ध तथा एक एक जोडी सुन गिद्ध र सेतो गिद्ध छन् । जनचेतनाका अभावमा वनजङ्गलको विनाश, जथाभाबी आगलागी, गिद्धका गुँडमा ढुङ्गा हान्ने, अन्डा तानेर फालिदिने, जथाभाबी सिनोमा विष हाल्ने कारणले गिद्ध विश्वबाटै लोप हुने अवस्थामा पुगेका छन् । रासस

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here