जेल तोडेर भागेका कैदी १६ बर्षपछि पक्राउ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 16, 2017

जेल तोडेर भागेका कैदी १६ बर्षपछि पक्राउ

 http://www.thesiouxempire.com/wp-content/uploads/2017/02/e15243d5-58a2-4215-8989-0d666bbb07d6.jpg


तात्कालिन नेकपा माओवादीले दाङको घोराहीमा आक्रमण गर्दा जेल तोडेर भागेका एक कैदी १६ बर्षपछि पक्राउ परेका छन् । २०५८ मंसिर ८ गते तात्कालिन नेकपा माओवादीले घोराहीमा आक्रमण गरेपछि कमजोर बनेको सुरक्षा ब्यवस्थाका फाईदा उठाउदै उनी जेलबाट भागेका थिए । 
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत दाङबाट तीन वर्ष कैदको सजाय सुनाईएका ३९ वर्षीय दीपक भन्ने छविलाल भण्डारीलाई प्रहरीले आज पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका ११ का छविलालले एक वर्ष नौ महिना १० दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताउनुभयो । 
अदालतको फैसला अनुसार उनले २०५७ भदौ १८ देखि २०५८ मंसिर ७ गतेसम्म कैद भुक्तान गरेका थिए । उनलाई घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here