दाङमा मतगणना भैरहेका ६ स्थानीय तह मध्ये
चार तहमा माओवादी केन्द्रले अग्रता लिएको छ । शान्तिनगर, गढवा, राप्ती र
राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने बंगलाचुली
गाउँपालिकामा कांग्रेस र दंगिशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएका
छन् ।
शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले
अध्यक्षमा २ सय ३८ र उपाध्यक्षमा ३ सय ९३ मत पाएको छ । कांग्रेस अध्यक्षमा २
सय ७ र उपाध्यक्षमा २ सय २३ मतका साथ दोस्रो स्थानमा छ । यस्तै एमाले
अध्यक्षमा १ सय ६३ र उपाध्यक्षमा १ सय ८७ मतका सात तेस्रो स्थानमा छ ।
यसैगरि गढावा गाउँपालिकामा माओवादी केन्द्र अध्यक्षमा १ सय सात र
उपाध्यक्षमा एक सय सात मतका साथ अग्रस्थानमा छ भने एमाले अध्यक्षमा ८७ र
उपाध्यक्षमा ९४ मतका साथ दोस्रो एवं कांग्रेस अध्यक्षमा ५० र उपाध्यक्षमा
५६ मतका साथ तेस्रो स्थानमा छ । राप्ती गाउँपालिकामा माओवादी अध्यक्ष १ सय
९७ र उपाध्यक्षमा २ सय १ मतका साथ अग्रसथानमा छ,कांग्रेस १ सय ५३ अध्यक्ष र
१ सय ५२ उपाध्यक्ष सहित दोस्रोमा र अध्यक्षमा ६६ र उपाध्यक्षमा ६७ मतका
साथ एमाले तेस्रो स्थानमा छ ।
राजपुर गाउँपालिकामा अध्यक्षमा ३ सय १९ र उपाध्यक्षमा ३ सय ३८ मतका साथ नेकपा माओवादी केन्द्र अग्रस्थानमा छ भने अध्यक्षमा २ सय ७९ र उपाध्यक्षमा २ सय ३८ मतका साथ कांग्रेस दोस्रो स्थानमा रहेको छ भने अध्यक्षमा १ सय ६० र उपाध्यक्षमा १ सय ५६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
यसैगरी बंगलाचुली गाउँपालिकामा भने नेपाली
कांग्रेसले अग्रता लिएको छ । अध्यक्षमा १ सय ६३ र उपाध्यक्षमा १ सय ७७ मतका
साथ कांग्रेसले अग्रता लिएको छ । अध्यक्षमा १ सय १४ मतका साथ दोस्रो
स्थानमा रहेको एमाले उपाध्यक्षमा भने तेस्रो स्थानमा छ । माओवादी अध्यक्षमा
१ सय ८ मतका साथ तेस्रो स्थानमा छ भने उपाध्यक्षमा १ सय १६ मतका साथ
दोस्रो स्थानमा छ ।
दंगीशरण गाउँपालिकामा नेकपा एमाले
अग्रस्थानमा रहेको छ । यहाँ अध्यक्षमा १ सय ४७, र उपाध्यक्षमा १ सय ४४ मतका
साथ एमाले अग्रस्थानमा छ भने अध्यक्षमा १ सय २४ र उपाध्यक्षमा १ सय ७ मतका
साथ कांग्रेस दोस्रो स्थानमा छ भने अध्यक्षमा ९३ र उपाध्यक्षमा ९७ मतका
साथ तेस्रो स्थानमा रहेको छ ।
यसैगरि घोराही र तुलसीपुर उपमहानगरपालिकामा
केहिबेर अघि देखि मतगणना सुरु भएको छ भने लमही नगरपालिकामा पनि भर्खरै गणना
सुरु भएको छ । बबईगाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन ।
No comments:
Post a Comment