शुक्रबार आधा घन्टा जति उडान प्रभावित हुने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 22, 2017

शुक्रबार आधा घन्टा जति उडान प्रभावित हुने


दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ हुन लागेका कारण आधा घन्टा विमानस्थल बन्द गर्न लागिएको हो ।
यसरी अभ्यास गर्दा विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज गर्न लागेका छौं, त्यसैका लागि बिमानस्थल आधा घन्टा बन्द गर्न लागिएको हो ।’

आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस खालको अभ्यास गर्नुपर्छ ।शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिनेछ ।
ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्नेको अभ्यास गर्ने विमानस्थलको तयारी छ ।
त्यस क्रममा घाइते भएको ठानिनेहरुलाई हेलिकप्टर मार्फत समेत उद्धार गरिनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here