सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई हुँदै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 13, 2017

सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई हुँदै

 http://setopati.net/resize_image.php?src=images/newsManagement/6f3929342acd2f9c3c79b818816a1ae7.jpg&w=675&h=675


भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदै छ । गत आइतबारसमय अभावका कारण सुनुवाई आजसम्मका लागि सारिएको थियो । 
पुन: चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा आज कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । 
वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । रिटमा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरि मतगणना कार्य सुचारु गर्न गराउन परमादेशको माग गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here