दुई बस आपसमा ठोक्किदा २० जना घाइते - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 13, 2017

दुई बस आपसमा ठोक्किदा २० जना घाइते

बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ३ स्थित भोलागौडी पेट्रोल पम्प नजिक विपरित दिशाबाट आइरहेको दुई बस दिउँसो आपसमा ठोक्किदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट गुलरिया तर्फ गैरहेको ना ६ ख ५२७६ नम्बरको बस विपरित दिशाबाट आइरहेको ना ५ ख ३६९५ नम्बरको बस एक आपसमा ठोकिँदा ४ जना गम्भीर र १६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो।

दुर्घनामा बर्दिया ठाकुरबाबा नगरपालिका ४ निवासी २० बर्षीया कल्पना परियार, मधुवन नपा ४ की २९ बर्षीया बीचकुमारी चौधरी र गेरुवा गाउँपालिका ५ निवासी २२ बर्षीया पवित्रा न्यौपाने, ४७ वर्षीय पर्शुराम न्यौपाने गम्भीर घाइते भएका छन्। सबै घाइतेको नेपालगञ्ज स्थित नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here