- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 9, 2017

 


नोबेल पुरस्कार विजेता मलाला युसुफजाई शुक्रबारदेखि ट्वीटरमा आबद्ध भएकी छन् । पहिलो ट्वीटमा उनले बालिका शिक्षाका लागि जारी आफ्नो अभियानमा सहयोग गर्न आह्वान गरेकी छन् । १९ वर्षीया उनले आफ्नो विद्यालय शिक्षालाई ‘तीतोमीठो’ क्षण भन्दै यस्तो अवसर नपाउने करोडौं बालिकालाई सम्झिरहेको बताएकी छन् ।

मलालाले ११ वर्षको हुँदा बालिका शिक्षाका बारेमा ब्लग लेख्न सुरु गरेकी थिइन् । बालिका शिक्षाका बारेमा अभियान सञ्चालन गरिरहेका बेला १५ वर्षको उमेरमा उनी तालिवानीको गोलीको सिकार भएकी थिइन् ।

टाउकोमा गोली लागेर घाइते भएकी उनको बेलायतमा उपचार भएको थियो । ट्वीटमा आबद्ध भएको २ दिनमै उनलाई पछयाउनेहरू ४ लाख ७६ हजार पुगेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here