हिन्दु राज्यको वकालत गर्ने दल राप्रपाका मुस्लिम समुदायका उम्मेदवार झापाको कचनकवल गाउँपालिका अध्यक्षमा विजयी वनेका छन् । अन्जार आमलले नेपाली कांग्रेसका कालेन्द्रप्रसाद राजवंशीलाई ४६३ मतले हराए । विगतमा यो क्षेत्र नेपाली कांग्रेसको ‘आधार क्षेत्र’ हो ।
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्र नम्वर ३ मा पर्ने यो क्षेत्रमा आलमले ५ हजार ८ सय १६ मत प्राप्त गरेका छ । उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले वाजी मारिन् । उनले कांग्रेसकै गीता ओडारीलाई ७ सय २ मतले हराइन् । निम्सरीले ५ हजार ७ सय ९२ मत पाएकी थिइन् ।
No comments:
Post a Comment