१८ माघ, काठमाण्डौ । क्रिश्चियन श्रीमतीसँग दोस्रो घरवार गरेर बसेका शाहीकालीन सरकारका उपाध्यक्ष तुल्सी गिरीले आफ्नी जेठी श्रीमतीको मृत्युमा साहानुभूतिसमेत ब्यक्त गरेनन् ।
दुई साताअघि ७९ बर्षको उमेरमा श्रीमती मिनी गिरीको निधन हुँदा गिरी कतैपनि देखा परेनन् । कान्छा छोरा अनुराग गिरीसँग जनकपुरमा वस्दै आएकी मिनीको निधनको खवर नातीले फोन गरि तुल्सी गिरीलाई दिएका थिए । तर फोनमा गिरीले ‘ए के भएको थियो ? त्यतिबेला को थियो घरमा ? भन्दै ल ठिकै छ त भनेर फोन राखेका थिए । मिनीसंगको सम्बन्धबाट दुई छोरा र दुई छोरी रहेको घटना र बिचार साप्ताहिकले छापेको छ ।
सुडानमा कार्यरत जेठा छोरा खवर सुन्नासाथ नेपाल आएरका काजक्रिया गरेपछि वैग्लोरमा वस्दै आएका गिरी भने न त परिवारलाई सान्त्वना दिन आए न त फोन गरेर थप जानकारी नै लिए ।
No comments:
Post a Comment