डिल्लीबजारस्थित मालपोत कार्यलयका अनुसार उक्त घर ललितपुर महानगरपालिका -१ ठेगाना हुने शिशु अर्यालको नाममा छ । अर्यालले २०६८ साउन १३ गते नवलकुमार अग्रवालबाट यो घर किनेको कार्यालयको तथ्यांकमका उल्लेख छ । दाहाल नयाँबजारबाट केही दिनअघि लाजिम्पाट सरेका थिए । होटल सांगि्रलाको ठीक विपरीत रहेको पाण्डो मार्गमा रहेको यो घर र जग्गा २ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ ।
कित्ता नम्बर १९९, १२० र १३४ रहेको घरको नक्सा क्रमशः १०२५-१४, १०२५-१४ र १०२५-१३ छ । आजको कारोबार दैनिकमा छापिएको समाचारमा लेखएकिो छ, मालपोतमा उल्लेख भएअनुसार प्रति आना करिब ११ लाख ५५ हजार आनाका दरले किनबेच भएको देखिन्छ । स्थानीयहरु भने घर र जग्गाको मूल्य यो भन्दा धेरै रहेको बताउँछन् ।
रजिस्ट्रेसन पास प्रयोजनका लागि कर कम तिर्न वस्तविक मूल्यभन्दा थोरै देखाउने गरिन्छ । दाहालले नयाँबजारमा बस्दै आएको घर साँघुरो भएकाले डेरामात्र सरेको बताएका छन् ।
No comments:
Post a Comment