बन्द राजमार्ग खुलाउन सुरक्षासमितिको बैठक चौतारामा जारी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

बन्द राजमार्ग खुलाउन सुरक्षासमितिको बैठक चौतारामा जारी



jhoomkaकाठमाण्डौ, माघ १८ (झुम्का डटकम), सडक दुर्घटनाको विषयलाई लिएर स्थानीय वासिन्दाले गरेको प्रदर्शनका कारण आज बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध बनेको छ । काठमाण्डौबाट सिन्धुपाल्चोकको बाह्रविसे जाँदै गरेको बा २ ख ३६४३ नम्बरको बसले गएराति बा ३१ प ३९४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक फलाँटेका लीला श्रेष्ठको मृत्यु भएको विरोधमा उनका आफन्तले आज बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका कारण अहिले अरनिको राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रु बीचबाटोमै अलपत्र बनेका छन् । स्थानीय वासिन्दाले अरनिको राजमार्गको बन्देउ, तातोपानी, जिरी–लामोसाँघु सडक खण्डको खाडीचौर र बाह्रविसेमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउने विषयमा जिल्ला सदरमुकाम चौतारामा अहिले जिल्ला सुरक्षासमितिको बैठक बसिरहेको बताइएको छ ।मोटरसाइकलको पछाडि रहेका श्रेष्ठको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here