लुट मच्चियो अस्ट्रेलियामा पनि - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

लुट मच्चियो अस्ट्रेलियामा पनि


सिड्नी, माघ १८ - युवा वर्गलाई लक्षित गरी बनाइएको नेपाली फिचर फिल्म 'लुट' ले नेपालमा मात्र हैन, अस्ट्रेलियामा समेत सफलता कमाएको छ । अस्ट्रेलियामा अध्ययन गरेर नेपाल फर्किएका युवा निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र 'लुट' को दुई सो पूर्ण रूपमा बिक्री भइसकेको छ भने अन्य दुई सो समेत बिक्रीको अन्तिम चरणमा रहेको आयोजकको दाबी छ ।
व्यस्त सहर सिड्नीको इभेन्ट सिनेमामा प्रदर्शन भइरहेको यो फिल्मको पि्रमियर सो समेत खचाखच भरिएको थियो । आइतबारदेखि प्रदर्शन सुरु भएको फिल्म हलमा चार दिनसम्म चल्नेछ, जसको दुई सो पूर्णतः अनलाइन र पि्रसेलबाट नै भरिइसकेको बताइएको छ । अन्य सोको टिकट पनि बिक्री सकिन लागेको आयोजकले बतायो ।
नेपालबाट अध्ययनका लागि आएका विद्यार्थीहरूको समूह थि्रडी इभेन्टले फिल्मलाई अस्ट्रेलिया ल्याएको हो । विभिन्न सांगीतिक समूह, सांस्कृतिक कार्यक्रमलाई अस्ट्रेलियाको बजार दिने प्रयासमा लागेको थि्रडीले यसअघि 'दासढुंगा' फिल्मलाई अस्ट्रेलियामा भित्र्याएको थियो । 'दासढुंगा' भन्दा यो फिल्मले सफलता पाएको इभेन्टका सदस्य अभिषेक डंगोलले बताए । समसामयिक र युवा वर्गलाई लक्षित गरे नेपाली फिल्मले पनि विदेशी बजार पाउन सक्ने दाबी डंगोलले गरे ।
सिड्नीमा मात्र नभएर डर्बान, मेलबर्न, पर्थ, एडिलेड लगायत सहरमा समेत फिल्म प्रदर्शन हुने भएको छ । जसको सम्पूर्ण तयारी भइसकेको आयोजकले बताएको छ । 'ती सहरबाट पनि दर्शकहरूले हेर्ने इच्छा व्यक्त गरेका हुनाले सोलाई बढाएका हौं,' इभेन्ट अर्का सदस्य ओस्कार गोर्खालीले भने, 'त्यसैले सिड्नीलगत्तै हामी यो फिल्मलाई अन्य सहरमा पनि प्रदर्शन गर्ने तयारीमा छौं ।' चलचित्र युनिटका कुनै पनि कलाकार अहिले अस्ट्रेलियामा उपस्थित नभएको र उनीहरूको उपस्थिति भए अझ उत्साह थपिने आयोजकले बताए ।
अस्ट्रेलियाको सफलतापछि इभेन्टस्ले स्थानीय आयोजकहरूको सहयोगमा हङकङ र अमेरिकामा समेत फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here