हत्या अभियोगमा पति, सासू र नन्द पक्राउ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

हत्या अभियोगमा पति, सासू र नन्द पक्राउ


काठमाडौ, माघ १८ - कीर्तिपुरकी रञ्जिता न्यौपानेको हत्या अभियोगमा प्रहरीले उनको पति, सासू र नन्दलाई पक्राउ गरेको छ ।
गत माघ २ गते साँझ आफ्नै घरको मुख्य ढोकाबाहिर झुन्डिएको अवस्थामा फेला परेकी ३० वर्षीया रञ्जिताको हत्या अभियोगमा प्रहरीले पति राम न्यौपाने, सासू सुशीला र नन्द सलिनालाई पक्राउ गरेको हो । एक गते साँझ हराएकी उनी भोलिपल्ट बिहान सासू सुशीला घरबाहिर निस्कँदा मृत फेला परेको भेटिएको हो ।
रञ्जिताका माइती पक्षले श्रीमान् र सासूले हत्या गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूले दाइजोको विषयलाई लिएर पटकपटक छोरीलाई पिट्ने गरेको बताएका छन् । 'बिहेपछि दाइजो नल्याएको भन्दै छोरीलाई पिटेर घरबाट निकाला गरेका थिए,' मृतकका ठूलाबुुबा अच्युतप्रसाद पौडेलले भने, 'हाम्री छोरीलाई पहिला मारियो अनि भुन्ड्याएर आत्महत्या गरेको बनाइयो ।'
महानगरीय प्रहरीवृत्त कालिमाटीका डिएसपी टेकबहादुुर तामाङले घटनाबारे अनुसन्धान गरिरहेको बताए । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले आरोपितलाई थुनेर अनुसन्धान गरिरहेको उनले उल्लेख गरे । 'घटनासँग सम्बन्धित सबै पक्षलाई हेरेर अनुसन्धान गरिरहेका छौं,' डिएसपी तामाङले भने, 'शवको पोस्टमार्टम रिपोर्ट, पीडितको जाहेरी र आरोपितको बयानमाथि अनुसन्धान भइरहेछ ।'
रञ्जिता हराएको पनि ढिलो गरी खबर गरिएको माइती पक्षको आरोप छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here