रहरले बस्या हैन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 5, 2012

रहरले बस्या हैन

















बुझ्छौं नि कुरा त , मन भयो चंगा लौ , खुशीको सिमा छैन 
दलालले फसायो , उट बाख्रा गोठ यो , रहरले बस्या हैन
फकाउछु साहुलाई , बताउनु आमालाई , फिर्छ रे चाडै भनि
कि माग्छु तलब , कि लिन्छु टिकट , फर्कन्छु रित्तै पनि |

लगाउछु ज्ञान बल , म आफ्नै भुमीमा , सिगार्छु पाखो बारी
अन्न पात लगाई , फलफुल बढाई , बनाउछु राम्रो टारी
बिदेशको यो कष्ट , छातीमा राख्या छु , ईख लिई काम गर्छु
श्रम र शीपले , सिगार्छु घर बारी , भर आफ्नै देशमा परी |

नलिनु पीर चिन्ता , हासि मन राखनु , कोसिस मेरो आउने
गरौला काम हामी , परिवार मिलेर , घरबारी खेती धाउने
थाप्द्छु आशिर्बाद , आमा र बाबाको , भगवान दाहिना भए
बनाउछु हसाउने , पियारी तिमीलाई , फर्केर साथै रही |

डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार

( अम्बिका पौडेलको कवितालाई हेर्दा ..................)

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here