जेठ १४ मा संविधान नबने अर्को चुनावः देउवा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 5, 2012

demo-image

जेठ १४ मा संविधान नबने अर्को चुनावः देउवा

Responsive Ads Here
कञ्चनपुर (बेलौरी), माघ २२ - कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन् ।
प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको म्याद धेरैपटक थप्नुहुँदैन’, त्यसैले जेठ १४ मा संविधान जारी हुन नसके अर्को चुनावमा जानुपर्छ ।’
राज्य पुनःसंरचनाका लागि आयोगका कारण संविधान निर्माणमा बाधा उत्पन्न भएको नेता देउवाको आरोप थियो । कैलाली र कञ्चनपुरलाई टुक्र्याएर जातीय भड्काउ फैलाउन खोजिएको आरोप लगाउँदै उनले सुदूरपश्चिममा कर्णाली र भेरीलाई पनि समावेश गराएर एक राज्य बनाउनुर्ने विचार राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता देउवाले आफ्नो पार्टीभित्रको विवाद तत्कालका लागि मात्रै टुङ्गिएको प्रतिक्रिया दिए । माओवादीले शिविर छोडेर हतियार नबुझाएसम्म र कब्जा सम्पत्ति फिर्ता नगरेसम्म शान्ति–प्रक्रिया पूरा हुन नसक्ने उनको दाबी थियो ।
यसैबीच हिन्दु धर्म बचाऔँ अभियान नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा सीमाक्षेत्रमा नेपालीमाथि भइरहेको ज्यादती रोक्न देउवासँग आग्रह गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *