धादिङ र चितवनमा पनि सडक मिचेर बनाइएका घर–टहरा भत्काइने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 6, 2012

धादिङ र चितवनमा पनि सडक मिचेर बनाइएका घर–टहरा भत्काइने


काठमाडौं, माघ २३ । राजधानीबाट सुरु भएको सडक विस्तार गर्ने कार्य धादिङ र चितवनमा पनि सुरु हुने भएको छ । सडक डिभिजन कार्यालय भरतपूरले राजमार्ग अतिक्रमित गरेर बनाइएका घर–टहरा र पसलहरु भत्काउने तयारी गरेको बताइएको छ ।

डिभिजन कार्यालय भरतपूरले कालोपत्रे सडकबाट २ मिटर पनि नछाडी घर–टहरा बनाउने र कतिपयस्थानमा सडककै जमिन समेत बिक्रि–बितरण गरिएको पाइएपछि उक्त स्थानमा बनेका घर–टहरा भत्काउन लागेको हो ।

त्यस्तै डिभिजन कार्यालयले राजमार्गमा २५ मिटर र सहायक मार्गमा १५ मिटरभित्र बनाइएका घर–हटाउने जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here