सफल भयो–अमिताभको अप्रेशन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

सफल भयो–अमिताभको अप्रेशन


jhoomkaमुम्बई–माघ २८, एजेन्सी– वलिउडका महानायक अमिताभ बच्चनको पेटको अप्रेशन सफल भएको र अहिले आराम गरिरहेको बताइएको छ । समाचार स्रोतहरुका अनुसार बिग बि उपनामले परिचित बच्चनपुत्र अभिषेक बच्चनले आफ्नो पिताको अप्रेशन सफल भएको र आराम गरिरहेको जनाएका छन् ।

अभिषेकले आफ्नो सोसिएल नेटवर्क साइटमा– ‘प्रशंसकको शुभकामनालाई धन्यवाद, बुबाको अप्रेसन सफल भयो, उहाँ अहिले आराम गरिरहनु भएको छ ।’ लेखेको स्रोतले उल्लेख गरेको छ ।

स्रोतले अमिताभ बच्चनको पेटको अप्रेसन मुम्बईस्थित अन्धेरीमा रहेको सेवेन हिल्स अस्पतालमा भएको जनाइएको छ । त्यस्तै वलिडका किङ खान शाहरुख खानले पनि आफ्नो सोसिएल साइट ट्वीटरमा बच्चनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।

अमिताभ बच्चनले एक हिन्दी ब्लगमा आफ्नो अप्रेसन ११ फेब्रुवरीको दिन हुन लागेको बताएका थिए । त्यस्तै अमिताभ बच्चनलाई १९८३ मा रिलिज र हिट भएको फिल्म कुलीको सुटिङकाताका पेटमा चोट लागेको थियो । अमिताभले ६ वर्षअघि पनि पेटको अप्रेसन गराएको भारतीय  सञ्चारमाध्यमहरुले जनाएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here