पुरुषको अस्तित्व संकटमा !!! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 25, 2012

demo-image

पुरुषको अस्तित्व संकटमा !!!

Responsive Ads Here

purush-300x168
भाले र पोथी वा महिला र पुरुष नभइकन सृष्टि चल्न सक्दैन । त्यसैले यी दुइ लिंगीको सन्तुलन वा अस्तित्व सृष्टि थाम्नका लागि आवश्यक छ । तर केही समय पहिले गरिएको एक अध्ययनले निकै भयानक तथ्य बाहिर ल्याएको थियो । उक्त तथ्यका अनुसार पृथ्वीबाट मानिसको भाले क्रोमोजोम (वाइ क्रोमोजोम) आनुवंशिक रुपले यति तिब्र गतिमा विनाश भैरहेको छ की आउँदो पचास लाख वर्षमा पृथ्वीमा पुरुषको अस्तित्व लोप भैसक्नेछ ।
यो तथ्यले एक किसिमले ठूलो तरंग ल्यायो र मानिस लगायत हरेक उभयलिंगी जिवको अस्तित्व अबको ५० लाख वर्षमा समाप्त हुने बताइयो । तर हालैको अर्को अध्ययनले भने पूरानो उक्त तथ्य गलत रहेको भन्दै पुरुष क्रोमोजोम लोप हुने खतरा नरहेको दाबी गरेको छ ।
यसअघि सन् २००३ मा अनुवंश वैज्ञानिक ब्रायन साइक्सले आफ्नो किताब ‘एडम्स कर्स : ए फ्यूचर विदाउट मेन’ मा त झन् डरलाग्दो गरी लेखेका थिए की आउँदो एक लाख वर्षमै वाई क्रोमोजोम नष्ट हुनेछ र पुरुषको अस्तित्व समाप्त हुनेछ । उनले वाइ क्रोमोजोममा जिन -अनुवंश) को संख्या निकै तिब्र गतिमा घटिरहेकाले अबको एक लाख वर्षमा वाई क्रोमोजोम जिन वीहिन हुने र पुरुष नपुंशक बन्ने भविष्यवाणी गरेका थिए । स्तनधारी जिवको विकाशका बेला एक्स र वाइ दुबै क्रोमोजोममा बराबर मात्रामा अनुवंश रहेकोमा अहिले वाइ क्रोमोजोममा अनुवंशको संख्या ७८ मात्र रहेको जबकी एक्स क्रोमोजोममा ८ सय अनुवंश रहेको आधारमा उनले यो भविष्यवाणी गरेका थिए ।
तर क्याम्बि्रजको व्हाइटफिल्ड इन्स्िटच्यूटका जेनिफर ह्यूज लगायतले मानिस र रातो बाँदरको अनुवंशको सुक्ष्म अध्ययन गरी पुरुषको अस्तित्व समाप्त हुने भन्ने कुरा गलत रहेको बताएका हुन् । उनीहरुका अनुसार पछिल्लो ६० वर्षमा मानिसको वाइ क्रोमोजोमबाट कुनैपनि अनुवंश लोप नभएको र पछिल्लो अढाइ करोड वर्षमा केबल एउटा अनुवंश मात्र लोप भएको उनीहरुको निष्कर्ष छ । यो तथ्यबाट अझै करोडौँ वर्षसम्म पृथ्वीमा पुरुष मानव तथा अन्य भाले जिवको अस्तित्व समाप्त नहुने दाबी शोधकर्ताहरुको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *