G-Mail लाई अन्लाईन Hard Drive को रुपमा Use गर्नुहोस् - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 23, 2012

G-Mail लाई अन्लाईन Hard Drive को रुपमा Use गर्नुहोस्


तपाईंहरु मध्य धेरैलाई थाहा छ जिमेल एउटा फ्री वेब मेल सर्भिस हो 
जसले अहिले सम्म २ गिगाबाइट फ्री स्पेस दिने गरेको छ तपाईंको 
ईमेल Inbox र Attachments को लागि । २ गिगाबाईट भनेको धेरै 
स्पेस हो र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट 
स्थान के राखेर भर्ने होला ? अझ धेरैलाई त यत्रो स्पेस किन चाहियो र 
भन्ने पनि लागेको हुन सक्छ । तपाईंले पनि यस्तै सोच्नु भएको हो भने 
यसो गरे कसो होला कि जिमेल ले फ्री मा दिएको स्पेसलाई अनलाइन 
Hard Drive को रुपमा use गर्ने र आफुलाई चाहिने फाइलहरु त्यस्मा 
save गर्ने जुन आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए 
पनि ति फाइललाई सजिलै पाउने । यसो गर्न सकियो भने त important 
फाइलहरु एक ठाउँ बाट अर्को ठाउँमा लान PenDrive, सि.डि वा धेरैनै 
ठुलो फाइल छ भने ल्यापटप बोक्ने झन्झट बाट मुक्त भईने भयो नि 
हैन र ? हामीले सजिलै आफ्नो जिमेल अकाउन्टमा भएको फ्री स्पेसलाई 
Online Hard Drive को रुपमा use गर्न सक्छौ ।
कसरी ? भन्ने बारे मैले तल चर्चा गर्न लागेको छु ।

यसको लागि तपाईंहरुले एउटा सानो आकारको एउटा software इन्स्टल 
गर्नुपर्ने हुन्छ र यो software इन्स्टल गरीसकेपछि तपाइँको कम्प्युटरको 
My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी 
मेल ड्राइभ पनि देखिनेछ ।


अब अरु drive हरुमा जस्तै आफुलाई चाहिने फाइलहरु त्यहा copy paste वा Drag 
Drop गर्नुहोस् । फाइल upload हुँदा यस्तो देखिनेछ ।




Software Download गर्न यहाँ क्लिक गर्नुहोला


software install गरी सकेपछि तपाईंको जिमेल account मा पनि थोरै परिवर्तन 
गर्नुहोला त्यसको लागि तलको Step अनुसार गर्नुहोला ।

१) सबैभन्दा पहिला तपाईंहरुको जिमेल account हुनु जरुरी छ, यदि छैन भने a
ccount बनाउनुहोस् र छ भने लग अन गर्नुहोस् ।
२) अब त्यहा Create a filter लिन्कमा क्लिक गर्नुहोस् जुन Search the Web 
बटन सँगै छ ।

३) Subject मा GMAILFS राखीदिनुहोस् र next बटनमा क्लिक गर्नुहोस् ।

४) Skip the Inbox (Archive it) भएको चेक बक्समा tick लगाइदिनुहोस् र Create 
Filter बटनमा क्लिक गर्नुहोस् ।


बस जिमेलमा गर्नु पर्ने काम सकियो, अब तपाईंले Gmail Drive मा upload गर्नु 
भएको फाइलहरु automatically तपाईंको inbox बाट bypass भएर Archive मा 
save हुन पुग्छ । Archive मा save भएको फाइललाई हेर्नको लागि त्यहा भएको 
All Mail लिन्कमा जानुहोस् अथवा माथिको सर्च बक्समा सिधै GMAILFS टाईप 
गरेर search mail बटनमा क्लिक गर्नुहोस् त्यहा उक्त फाइल हरु एट्याचमेन्टका 
रुपमा त्यहाँ बसिरहेको हुन्छ । ति फाईलहरुलाई तपाईंले आफुलाई चाहिएको 
बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि सजिलै Download गर्न सक्नु हुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here